आगलागीबाट साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जनकपुरधाम– मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
साथै आगलागीमा परेर १५ जना बालबालिकासहित १३९ जना घाइते भएका छन्। सो आगलागीबाट सबैभन्दा बढी धनुषामा ६ जना, सिरहामा पाँच जना, रौतहटमा तीन जना, बारामा दुई जना, पर्सा, महोत्तरी तथा सर्लाहीमा एक/एक जनाको मृत्यु भएको हो।
त्यसैगरी आगलागीबाट २९६ वटा पशुचौपाया जलेर मरेका छन् भने ११४ वटा पशुचौपाया घाइते भएको सो कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवाचन्द्र बोहोराले जानकारी दिए। कार्यालयका अनुसार आगलागीबाट मधेश प्रदेशको आठ वटा जिल्लामा एक हजार १० घरगोठ जलेर नष्ट भएको तथा एक हजार २६६ वटा आगलागीको घटना भएको हो।
आगलागीबाट जलेका एक हजार १० घरगोठअन्तर्गत कच्ची घर ६६९, पक्की घर ८८ तथा गोठ २५३ रहेका छन्। प्राप्त विवरणमा सबैभन्दा बढी आगलागीको घटना सिरहामा २२९ वटा भएको तथा सबैभन्दा कम सर्लाहीमा १११ वटा भएको हो। महोत्तरीमा १९२ वटा, बारामा १२९, रौतहटमा ८८ वटा, पर्सामा ७५ वटा र धनुषामा २५, सप्तरीमा १९४ घरगोठ जलेर नष्ट भएको बताइएको छ।
प्रदेश प्रहरी कार्यालय अनुसार आगलागीमा ९९ करोड ६० लाख ३७ हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको विवरणमा उल्लेख गरिएको छ। प्रवक्ता बोहोराका अनुसार चर्को घाम, गर्मी, तातो हावा , पानीको अभाव, घनाबस्ती तथा चेतनाको कमी र लापरबाहीको कारणले आगलागीको घटना भएको उल्लेख गरे। उनले आगलागीबाट सुरक्षित तथा सतर्क रहन सबैलाई आग्रह गरे। आगलागी पीडितलाई राहतको सहयोग सरकारी तथा गैरसरकारी पक्षबाट भइरहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
