लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको छ।
म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।
लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो।
गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए।
इमाटोल कन्ट्रक्सनले २०७६ साउनमा ठेक्का सम्झौता गरेको यो योजना २०७७ फागुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पेस्कीबापत लगेको ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाइएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन्। सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए।
प्रारम्भमा २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको थियो। भेरिएसन अर्डर’ गर्ने क्रममा लागत बढेर २४ करोड पुगेको छ। हालसम्म १८ करोड भुक्तानी भइसकेको छ। सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताए।
राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको गाउँपालिका अध्यक्ष टसीनर्वु गुरुङले बताए। स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ।
स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेरखण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले यो सडक प्रयोग गर्न थालेका छन्।
लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने ३.५ किलोमिटर र न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को ६.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
