नेपाल विद्युत् प्राधिकरणले विद्युत्काे आन्तरिक खपत बढाउन मधेशका विभिन्न जिल्लामा प्रसारण लाइन बनाउने भएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत्काे आन्तरिक खपत बढाउन मधेशका विभिन्न जिल्लामा प्रसारण सञ्जाल बनाउने भएको छ। चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने उच्च क्षमताको प्रशारण लाइन बनाउन लागेको हो।
प्रशारण लाइनबाट बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषाका दक्षिणी भेगका गाउँ र त्यहाँ विस्तार हुने आद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति हुने छ। दक्षिणी सीमास्थित हुलाकी राजमार्ग समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेसन निर्माण गरिने छन्।
प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन बन्ने छ। स्थानीयलाई विद्युत् आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसन निर्माण गरिने छ। अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसन रहने स्थान तय भइरहेको छ। बारा–पर्सा औद्योगिक करिडोरको वीरगञ्ज क्षेत्रमा तीन हजार २०० र जनकपुर क्षेत्रमा ८०० मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन्।
यसबाट मधेशका विभिन्न जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने प्राधिकरणको भनाइ छ। प्रशारण लाइन बनाउन ५० अर्ब रुपैयाँभन्दा बढी लाग्ने छ। नेपाल सरकार र विद्युत् प्राधिकरणले परियोजनामा लगानी गर्नेछन्। यस्तै भारतीय एक्जिम बैंक र एसियाली विकास बैंकलको सहुलितपूर्ण ऋणबाट रकम जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
घिसिङसहित प्राधिकरणको टोलीले टोलीले शनिबार र आइतबार निर्माणस्थलको अनुगमन गरेको छ। “पहिलो चरणमा खपत वृद्धिका लागि तत्काल आवश्यक पर्ने प्रसारण लाइन र सबस्टेसन, दोस्रोमा दक्षिण करिडोर मुख्य लाइन र तेस्रो चरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि क्रसबोर्डर प्रसारण लाइन बनाउने योजना छ”, उनले भने, “केही तत्काल शुरू हुँदैछन्। केहीका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया शुरू गर्नेलगायत काम भइरहेका छन्।”
त्यसपछि भारततको मोतिहारी, सीतामणि र जयनगर विन्दुतर्फ विद्युत् निर्यात गर्न सकिने प्राधिकरणको भनाइ छ। बारा–पर्सा औद्योगिक करिडोरमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा ४०० केभीको सबस्टेसन बन्ने क्रममा छ। त्यही ४०० केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ।
बाराको प्रसौनीमा १३२ केभी सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिएको छ। जनकपुर क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्म १३२ केभी सबस्टेसन निर्माणाधिन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
