तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ थियो। 

यसैगरी, तेजाबी सुन तोलाको १ लाख ३७ हजार २५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १ लाख ३४ हजार ९५० रुपैयाँ थियो। 

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६८५ रुपैयाँ रहेको चाँदी १ हजार ७३५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ।