मिसुस्टिनलाई पुनः रुसी प्रधानमन्त्रीमा नियुक्त गर्ने पुटिनको प्रस्ताव

मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।

तस्वीर: एपी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिसुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका छन्। 

संसद्‌को तल्लो सदन स्टेट ड्युमामा पुटिनले उक्त प्रस्ताव गरेका हुन्। मिसुस्टिनला‍ई डुमा राज्यको शुक्रबारको बैठकले अनुमोदन गर्ने बताइएको छ।

मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।

रुसको कर सेवाका पूर्वप्रमुख मिसुस्टिनले आफ्नो अघिल्लो कार्यकालमा राजनीतिक कार्यक्रम र मिडिया अन्तर्वार्तालाई बेवास्ता गरेका थिए। 

संसद्को तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोडिनले पुटिनले मिसुस्टिनको उम्मेदवारीलाई राज्य डुमामा पेस गरेको घोषणा गरेका छन्।