कैलालीको टीकापुर नगरपालिका–१ स्थिति सुकुमबासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन्।
कैलाली– कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्ने गर्छिन्। दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सुकदेवीले एक महिनादेखि मकै पोलेर बेच्न थालेकी हुन्।
दैनिक मजदुरी गर्दा हुनेभन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उनले मकै पोल्न थालेकी हुन्। “दिनभर मजदुरी गर्दा ६०० कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु,” उनले भनिन्, “काम नगरे घरको गुजारा हुँदैन। अरूको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ।”
सोही शिविरमा बस्ने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त छन्। १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उनले बिक्री गर्छिन्। हाटबजारका दिन हाटबजारमा र अरू दिन बजारको चौराहामा पोलेको मकै बेचेर उनले छोराछोरीका लागि किताब कापी र पोसाक किनेको बताइन्।
“मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुटाउनुपर्छ,” उनले भनिन्, “बालबालिकाको पढाइ खर्च पनि मकैबाट आम्दानी हुने आम्दानीले धानेकी छु। मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ।”
सुकदेवी र जितरानी मात्रै होइनन्। सुकुमबासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन्।
पछिल्लो समय सिँचाइको सुविधा भएपछि किसान मकैखेतीमा आकर्षित बनेका छन्। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले मकैखेती विस्तारमा सहयोग गरेको छ। कार्यान्वयन इकाइले खाद्यान्न बालीअन्तर्गत मकैमा ६७ कृषक तथा समूहलाई मकैखेती विस्तारमा अनुदान दिएको छ। उनीहरूलाई १२ हेक्टर क्षेत्रफलमा बीज वृद्धि कार्यक्रम सञ्चालन गरिएको आयोजनाका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिए।
किसानको मागका आधारमा मकै खेती विस्तारको काम बर्षेनि बढ्दै गएको कार्यान्वयन इकाइका आयोजना प्रमुख भरत कँडेलले जानकारी दिए। “विगतमा किसान मकैखेती थोरै गर्नुहुन्थ्यो। अहिले गहुँ खेती भित्र्याएपछि मकै खेती गर्ने गर्नुभएको छ”, उनले भने, “वर्षमा तीन पटक खेती गर्न थाल्नुभएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
