समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ९३ लाख आठ हजार १६४ (खसेको मतको ८४.८२ प्रतिशत) मतगणना भइसकेको छ।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी छ।

हालसम्म ९३ लाख आठ हजार १६४ (खसेको मतको ८४.८२ प्रतिशत) मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। कूल एक करोड ७९ लाख आठ हजार ८५० मतदाता रहेकामा ६१ प्रतिशत मत खसेको थियो।

समातुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छन्।