प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग गर्दै विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएको छ।

शुक्रबार बर्खे अधिवेशनको पहिलो बैठक शुरू भएलगत्तै कांग्रेसका सांसदले विरोध जनाएका थिए। बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरूले कुर्चीबाट उठेर विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्नका लागि समय दिए।

सांसद थापाले सहकारीको रकम हिनामिना प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति नबनेसम्म सदनका कामकारबाही अगाडि बढ्ने नसक्ने बताए। उनले यसको जिम्मेवारी सरकार र सत्ता पक्षले लिनुपर्ने धारणा राखे।

कांग्रेस महामन्त्रीसमेत रहेका थापाले भने, “सभामुखज्यू, म यहाँ उभिएर उठेका विषयमा कुरा राख्न चाहन्थेँ। हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न नि चाहन्थे। बाढी पहिरोको नियन्त्रणको बारेमा सोध्न नि चाहन्थे । दलहरू फोडेर उथलपुथल गर्ने काम कति बाँकी छ भनेर नि सोध्न चाहन्थे । तर यो प्रश्नमा उठाइरहँदा सांसदको घाँटी निमोठिँदै छ भन्ने महसुस भइरहेको छ।”

उनले अगाडि भने, “गृहमन्त्रीजीले केही दिन अघि संसद्बाहिर उभिएर संसद् चार वर्ष बन्द गरे पनि हुन्छ भन्नुभएको थियो। आज सदनमा त्यस्तै किसिमको दृश्य बन्दैछ। यसको जिम्मा सरकारले लिने कि नलिने? हामीलाई हल्का नठानियोस्। नेपाली कांग्रेस पार्टी संसद् चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ। कांग्रेसको एउटा मात्र माग हो। संसदीय छानबिन बन्नुपर्दछ।’
उनको धारणापछि सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढ्न शुरूआत गरेसँग कांग्रेसका सांसद रोष्ट्रम अगाडि पुगेर नाराबाजी गर्न थालेसँगै सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
