चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ।
धरान– सुनसरीको चतराधाममा एक महिनासम्म लागेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत् रूपमा पूजार्चना एवं स्नान गरी समापन भएको छ।
मेला गत चैत २७ गते शुरू भएको थियो। मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेको मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए।
मेला आयोजना गर्न संघीय सरकारले ७० लाख र प्रदेश सरकारले ५५ लाख प्रदान गरेको थियो। प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालदेखि पूर्ण महाकुम्भ मेला आयोजना हुँदै आएको छ।
चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
