यस सिजन ऋतुमा ४१ वटा समूहका ४१४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
सल्लेरी– सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै गएका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन्।
आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए।
कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रोप फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम शुरू गरेको थियो। “उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलो पटक शेर्पा टोली पुगेपछि अब अन्य आरोही जान्छन्,” उनले भने।
शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा (सोलुखुम्बु), पेम्बाटासी शेर्पा (संखुवासभा), लाक्पा शेर्पा (संखुवासभा), दावारिन्जे शेर्पा (संखुवासभा), दावा शेर्पा (संखुवासभा), पामदोर्जी शेर्पा (सोलुखुम्बु), सुकबहादुर तामाङ (संखुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पारिन्जी शेर्पा (संखुवासभा) छन्।
यो वसन्त ऋतुमा ४१ वटा समूहका ४१४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
