काठमाडौँ महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको छ।
काठमाडौँ– काठमाडौँ महानगर शिक्षा विभागको संयोजन तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी शुरू भएको छ।
काठमाडौँ महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको छ।

नक्सालस्थित प्रतिष्ठान परिसरमा प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको बताए। “शिक्षा र सिप, कला र सिर्जनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। यसलाई अझै प्रभावकारी ढंगले लैजानुपर्ने दायित्व छ,” उनले भने “शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको हो।”

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले यस कार्यक्रमले कलाक्षेत्रमा मात्रै नभई रोजगारी र अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरी परिणाम दिएको धारणा व्यक्त गरे। यो कार्यक्रममार्फत विद्यार्थीले तयार गरेका एक हजार २०० भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए ।
वैशाख ३० सम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मावि, रत्नराज्य मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहीद शुक्र मावि, पद्मकन्या विद्याश्रम मावि र कोटेश्वर सरस्वती माविका विद्यार्थीले सिर्जना गरेका कलाकृति राखिएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
