चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ।
पर्सा– वीरगन्ज महानगरपालिका क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ। घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ।
अहिले कार्यालयमा दैनिक सयौँको संख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेका छन्। खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले गत वर्षदेखि वीरगन्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका बताए।
“विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयको खासै रुचि देखाउँदैनथे। गत वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको संकट महसुस गरेपछि अहिले खानेपानी संस्थानमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ,” उनले भने।
वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिए। “गत आवको अन्त्यसम्म महानगर क्षेत्रमा आठ हजार चार सय घरधुरी मात्रै ग्राहक थिए”, उनले भने, “खानेपानीकोे चर्को संकट हुन थालेपछि अहिले कुल ग्राहक संख्या १० हजार आठ सयभन्दा धेरै पुगिसकेको छ।”
वडा कार्यालयको सिफारिसमा संस्थानले ६ हजार ३७० रुपैयाँ लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
