प्याकेज–३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत् टावर ठड्याउने काम अगाडि बढ्न नसकेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठको भनाइ छ।
तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको छ।
प्याकेज–३ अन्तर्गत प्रसारण लाइन क्षेत्रमा पर्ने रूख कटान गर्न सरकारले स्वीकृति दिए पनि स्थानीय वनसँग कुरा नमिल्दा प्रसारण लाइन निर्माणको काम प्रभावित भएका आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए।
प्याकेज–३ अन्तर्गत चितवनखण्डमा समस्या देखिएको र विवाद कायमै रहेकाले १८ वटा विद्युत् टावर ठड्याउने काम अगाडि बढ्न नसकेका उनको भनाइ छ। “तनहुँखण्डमा रहेका सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढेको बढेको थियो तर चितवनखण्डमा ठूला सालका रूख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेपछि काम प्रभावित भएको छ,” श्रेष्ठले भने।
हाल दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबलसर्किट प्रसारण लाइन प्याकेज–३ अन्तर्गत ३४.७ किलोमिटर दूरीमा प्रसारण लाइनको काम भइरहेको छ। सो कार्य गर्ने ठेक्का केइसी इन्टरनेशनल लिमिटेड, भारतले पाएको छ तर सम्झौताअनुसारको म्याद गुज्रिसकेको छ। यो खण्डमा रहेका कुल ९४ टावरमध्ये ७६ टावरको फाउन्डेसन कार्य सम्पन्न भएको र ५६ टावर ठडाइसकिएको छ । सो प्याकेजको समग्र निर्माण प्रगति ७३ प्रतिशत रहेको जनाइएको छ।
श्रेष्ठका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ प्रतिशत र समग्रमा आयोजनाको ५५ प्रतिशत कार्य सम्पन्न भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
