प्रधानमन्त्रीको राजीनामा, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय पिडकलाई सजायलगायतका माग राख्दै डा. गोविन्द केसीले अनशन थालेका छन्।
काठमाडौँ– प्रधानमन्त्रीको राजीनामा, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय पिडकलाई सजायलगायतका माग राख्दै डा. गोविन्द केसीले अनशन थालेका छन्।
सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा, सुशासन साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारसम्बन्धी सम्झौताहरूको कार्यान्वयनसहितका माग राख्दै डा. केसीले २२औँ सत्याग्रह शनिबारदेखि पशुपतिको मृगस्थलीबाट शुरू गरेका हुन्।
उनले आफ्ना मागको पहिलो नम्बर बुँदामै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा उल्लेख गरेका छन्। “सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।”
उनले आफूसँग भएका यसअघिका सम्झौताअनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउन, मधेश, गण्डकी प्रदेशका साथै इलाम, उदयपुर र डडेलधुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण शुरू गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने माग पनि अगाडि सारेका छन्। त्यस्तै, गौरीबहादुर कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिलाई कारबाही गर्न पनि माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
