उत्तर कोरियाका ह्याकरले आफ्नो अदालतको डेटा चोरी गरेको दक्षिण कोरिया आरोप

ह्याकरले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डेटा चोरेको प्रहरीको भनाइ छ। 

प्रतिकात्मक तस्वीर।

उत्तर कोरियाली ह्याकरले दुई वर्षको अवधिमा दक्षिण कोरियाली अदालतको कम्प्युटर नेटवर्कबाट व्यक्तिहरूको वित्तीय रेकर्डसहित संवेदनशील डेटा चोरेको सोल प्रहरीले जनाएको छ। 

ह्याकरले सन् २०२१ जनवरीदेखि सन् २०२३ फेब्रुअरीसम्म अदालतको कम्प्युटर प्रणालीबाट एक हजार १४ गिगाबाइट डेटा चोरेको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार ह्याकरहरूको मालवेयरले दक्षिण कोरियालीको विवाह र व्यक्तिगत ऋण रेकर्डसहितको चोरी डाटा ‘चार घरेलु र चार विदेशी सर्भर’लाई ‘एन्टिभाइरस सफ्टवेयरले पत्ता लगाउनुअघि’ पठाएको पाइएको छ।  

आणविक सशस्त्र सम्पन्न उत्तर कोरियालाई विगतमा पनि ठूला साइबर हमलाका लागि दोषी ठहर गरिएको थियो। सोल अधिकारीहरूले चोरिएको डाटाबाट ४.७ गिगाबाइट मात्र पुनः प्राप्त र पहिचान गरेका छन्। यसमा व्यक्तिगत ऋण पुनर्वास मामिलासँग सम्बन्धित पाँच हजार १७१ दस्ताबेज सङ्गृहीत छन्। 

उत्तर कोरियाले उसको आणविक र मिसाइल कार्यक्रममाथि लगाइएको संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको सामना गर्न विदेशी मुद्रा आर्जन गर्नका लागि साइबर हमलालाई बढाएको विश्लेषकले बताएका छन्।

सोल, टोकियो र वासिंटनका अनुसार प्योङयाङ एक्लैले सन् २०२२ मा क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढीको चोरी गरेको र दुर्भावनापूर्ण साइबर गतिविधिमार्फत जानकारी संकलन गरेर आफ्नो हतियार कार्यक्रमलाई समर्थन गरेको थियो।