काठमाडौँको बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु, ४ पक्राउ

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

काठमाडौँ– काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

“शनिबार राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, विवादको कारण खुलेको छैन” उनले भने। 

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए।