रमुवामा १३० परिवारको बसोबास छ। यहाँ वार्षिक ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ।
ढोरपाटन– बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली कम लाग्ने भएकाले सबै आलुखेतीमा व्यस्त छन्।
आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन्। भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ। उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ। आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन्। दुर्गम गाउँ भए पनि रमुवामा २०६५ सालमा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो। उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन। बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्रांगारिक मल प्रयोग गर्दै आएका छन्। पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो। प्रांगारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन्।
रमुवामा वार्षिक ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ। यो गाउँमा करिब १३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन्। त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन। गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन। त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ। पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीय तिलक घर्ती मगरले बताए।
रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँ पुग्ने गर्छ। वर्षौं पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन्। समुद्री सतहबाट दुई हजार २०० मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन। प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्रांगारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताइन्। हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनको भनाइ छ। आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उनले सुनाइन्।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताए। नगरपालिकाले यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ। अब उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनले बताए। हाल सडक कच्ची भए पनि किसानलाई बजारसम्म आलु पुर्याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट जनाए।
“रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन,” प्रवक्ता भण्डारीले भने, “उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिंगो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
