कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाले आइतबार बिहान ७:२५ मा २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

फाइल तस्वीर: कामिरिता शेर्पाको फेसबुक।

काठमाडौँ– कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनी आइतबार बिहान ७:२५ मा सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ। 

यससँगै, उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै पुरानो रेकर्ड पनि तोडेका छन्।  

यसअघि, गत जेठ ९ गते २८औँ पटक तथा जेठ ३ गते २७औँ पटक सगरमाथा आरोहण गरेका थिए।

यस्तै, उनले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। 

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिताले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।