अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।
अफगानिस्तानमा असामान्य रूपमा भारी मौसमी वर्षाबाट आएको बाढीमा परी ३०० भन्दा बढीको मृत्यु भएको छ।
उत्तरी प्रान्त बगलानमा शुक्रबार र शनिबार भीषण वर्षापछि आएको बाढीले एक हजारभन्दा बढी घरहरू ध्वस्त पारेको विश्व खाद्य कार्यक्रमले जनाएको छ।
तालिबान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले सयौँ मानिस बाढीमा परेको र घाइतेको संख्या यकिन हुन नसकेको जनाएका छन्।
उनका अनुसार बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ।
यसपालि हिउँद सुक्खा भएकाले अहिले वर्षा हुँदा माटोले पानी सोस्न नसकेको र जलवायु परिवर्तनका कारण असामान्य घटना भएको हुन सक्ने विज्ञहरूको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
