चीनमा उँटको लस्करले पैदल यात्रा गर्नेलाई बाटो काट्न अप्ठेरो पर्न थालेपछि स्थानीय अधिकारीहरूले ट्राफिक लाइटको व्यवस्था गरेका हुन्।
सडकमा गाडीहरू जाममा नपरुन् भनेर ट्राफिक लाइटको व्यवस्था गरिएको हुन्छ। तर मरुभूमिमा चल्ने उँटको लागि पनि ट्राफिक लाइटको व्यवस्था गरिएको सुन्दा भने अचम्म लाग्न सक्छ।
चीनको कुमटाग मरुभूमिमा उँट सवारी गर्नेको संख्या बढेर बाटो जाम हुन थालेपछि त्यहाँका अधिकारीहरूले मरुभूमिमा ट्राफिक लाइटको व्यवस्था गरेका छन्।उत्तरपश्चिमी चीनको गान्सु प्रान्तस्थित कुमटाग मरुभूमिमा रहेको मिंसा पहाड र ‘क्रिसेन्ट स्प्रिङ’ भ्रमण गर्न मे महिनामा पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। त्यसरी आउने पर्यटकमध्ये धेरैले उँट सवारी गर्छन्। उँटको लस्करले पैदल यात्रा गर्नेलाई बाटो काट्न अप्ठेरो पर्न थालेपछि स्थानीय अधिकारीहरूले ट्राफिक लाइटको व्यवस्था गरेका हुन्।

मेको शुरूमा वार्षिक बिदा (वसन्त बिदा)को समयमा, हजारौँ मानिसहरू यी प्राकृतिक पर्यटक स्थलहरूमा भेला हुन्छन् र विभिन्न गतिविधिहरूमा संलग्न हुन्छन्। जसमध्ये सबैभन्दा लोकप्रिय उँट सवारी नै हो। सन् २०२३ मा, त्यहाँ सवारीका लागि लगभग २ हजार ४०० उँट थिए, साथै मिंसा पर्वत र क्रिसेन्ट स्प्रिङका रमणीय स्थलहरूमा मात्रै प्रतिदिन दशौँ हजार पर्यटकहरू थिए। जसले गर्दा गम्भीर ट्राफिक जामको समस्या उत्पन्न भएको थियो।
त्यहीबेला स्थानीय अधिकारीहरूले त्यसको व्यवस्थापन गर्न उँटको चिन्ह भएका ट्राफिक लाइटहरू जडान गरे। रातो बत्ती बल्दा पैदलयात्रीलाई पहिले जान दिन उँट रोकिन्छन् भने हरियो बत्ती बलेपछि उँट आफ्नो बाटोमा अघि बढ्छन्।
ट्राफिक लाइटहरू व्यवस्था गरेपछि समस्या आंशिक रूपमा समाधान भएको अधिकारीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
