अनुगमनका क्रममा विवरण नबुझाउने सहकारीलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रूपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी कारबाही गर्ने जनाएको छ।
हाल काठमाडौँ महानगरमा एक हजार ९५३ सहकारी सञ्चालनमा छन्। जसमध्ये ९५५ ले मात्रै नियमित रूपमा वार्षिक विवरण पेस गर्ने गरेका काठमाडौँ महानगरले जनाएको छ।
काठमाडौँ महानगरका सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेश गर्ने गरेकाले विवरण पेश नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको जानकारी दिए।
नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दै छन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ। प्रमुख त्रिपाठीका अनुसार विवरण पेश गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन शुरू गरिसकेको र अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही शुरू गर्ने तयारी विभागको रहेको छ।
अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ। संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ।
सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै काठमाडौँ महानगरले सहकारी ऐन जारी गरिसकेको थियो। काठमाडौँ महानगरमा सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन्।
काठमाडौँ महानगरमा रहेको जम्मा सहकारीमध्ये एक हजार ६२८ वटा बचत तथा ऋण सहकारी, २६४ वटा बहुउद्देश्यीय सहकारी, तीन वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीन वटा सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन्। सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक/एक वटा सहकारी रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
