नेप्सेका अनुसार आइतबार ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बन्द भएको हो।
यसदिन ७८ लाख ५७ हजार ३१ कित्ता शेयर तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भयो। १३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन र लघुवित्तबाहेक सबै उपसमूह बढ्दा नेप्से परिसूचक सकारात्मक देखिएको हो। निर्जीवन बीमा २.६४ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूह १.४९ प्रतिशतले बढेका छन्।
नेप्सेका अनुसार आइतबार १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ। सात कम्पनीकाने शेयर मूल्य स्थिर रह्यो।
सांग्रिला विकास बैंकको शेयर कारोबार सर्वाधिक भएको छ। उक्त बैंकको १० करोड पाँच लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। पोखरा फाइनान्स आठ करोड ६ लाख, सोनापुर मिनरल्स सात करोड ७१ लाख र शिवम् सिमेन्ट सात करोड ७१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आइतबार सिर्जनशील लघुवित्तको शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा लगानीकर्ता फाइदामा रहे। उन्नति सहकार्य लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्सलगायतका कम्पनी शेयर मूल्य बढ्ने बढ्नेको सूचीमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
