मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्।
काठमाडौँ– मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएका छन्। एमाले र माओवादी केन्द्रका तर्फबाट मन्त्री नियुक्त भएकाहरूले पदबाट राजीनामा दिएको पत्र आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएका हुन्।
दुवै दलले यादव नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन्। योसँगै जसपा नेपाल संसदीय दलका नेता यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्री थिए। माओवादी केन्द्रका दुई मन्त्री थिए।
एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए। त्यस्तै, केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए।
माओवादी केन्द्रबाट भरतप्रसाद साह वन तथा वातावरण उद्योग, युवराज भट्टराई वाणिज्य तथा पर्यटनमन्त्री थिए। उनीहरूले आइतबार फरक–फरक समयमा मुख्यमन्त्री यादवलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनको असर मधेश प्रदेशमा देखिएको हो। जसपा, नेपाल विभाजन भई अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ।
मधेश प्रदेशसभामा एमालेका २४ र माओवादी केन्द्रका ९ सांसद छन्। एमाले र माओवादीले सरकार छोडेपछि यादव नेतृत्वको सरकार ढल्ने निश्चितजस्तै छ। मधेश प्रदेशसभा १०७ सदस्यीय छ। यहाँ सरकार टिकाइराख्न ५४ सांसदको समर्थन आवश्यक पर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
