कैलालीमा नदीमा डुबेर २ बालबालिकाको मृत्यु

कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ।

कैलाली– कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार खड्काको घटनास्थलमै र साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको  प्रहरीले जनाएको छ।