बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको जीवनरक्षाका लागि ‘स्पष्ट योजना’बिना इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्न नहुने बताएका छन्।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको जीवनरक्षाका लागि ‘स्पष्ट योजना’बिना इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्न नहुने बताएका छन्। उनले आइतबार स्काई न्युज टेलिभिजनसँग रफाहमा ठूलो आक्रमण हुनुअघि इजरायलसँग मानिसको जीवन कसरी बचाउने, सो स्थानबाट मानिसहरूलाई कसरी हटाउनेलगायतका विषयमा स्पष्ट योजना हुनुपर्ने बताएका हुन्।
“उनीहरूलाई खुवाइएको कसरी सुनिश्चित गर्ने, उनीहरूसँग औषधि र आश्रय वा सबैथोक छ भनेर कसरी सुनिश्चित गर्ने भन्नेबारेमा स्पष्ट योजना हुन जरुरी छ,” मन्त्री क्यामरुनले भने, “हामीले यस्तो कुनै योजना देखेका छैनौँ, त्यसैले हामी यस्तो प्रकारको कुनै पनि आक्रमणको समर्थन गर्दैनौँ।”
पूर्वी रफाहलाई खाली गर्ने आदेश विस्तार गरेलगत्तै इजरायलले आइतबार गाजामा हमासमाथि थप आक्रमण गरेको छ। सेनाले मानिसहरूलाई शहर छाड्न आग्रह गरेपछि तीन लाख प्यालेस्टिनी यस क्षेत्रबाट अन्यत्र गएको बताइएको छ।
रफाह शहरको पूर्वी क्षेत्रमा प्रवेश नगर्न आइरहेको अन्तर्राष्ट्रिय दबाबलाई बेवास्था गर्दै इजरायली आक्रमणलाई अगाडि बढाएको छ। उसले एउटा प्रमुख सहायता ‘क्रसिङ’लाई पूर्ण रूपमा बन्द गरिदिएको छ र दोस्रो क्रसिङमार्फत हुने यातायातलाई निलम्बन गरेको छ।
विदेशमन्त्री क्यामरुनले गाजामा मानवीय सहायतालाई प्रवेश दिनका लागि इजरायलले ‘राम्रो गर्न’ आवश्यक भएको बताए। “मैले धेरै पटक भनेको छु, इजरायलले मानवीय सहायतालाई लिएर जुन कारबाही गरेको छ त्यसमा म सन्तुष्ट छैन,” उनले भने। उनले सुधारको ‘केही संकेत’ भए पनि त्यो त्यति द्रुत नभएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
