रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मन्त्रिपरिषद्को फेरबदलको एक भागको रूपमा सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट हटाउने योजना बनाएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मन्त्रिपरिषद्को फेरबदलको एक भागको रूपमा सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट हटाउने योजना बनाएका छन्। उनलाई सुरक्षा परिषद्को सचिव बनाउने योजना रहेको क्रेमलिनले जनाएको छ।
क्रेमलिनस्थित राष्ट्रपति भवनबाट जारी विज्ञप्तिमा शोइगुको स्थानमा अर्थशास्त्रमा विशेषज्ञता हासिल गरेका पूर्व–उपप्रधानमन्त्री आन्द्रेई बेलोसोभले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ।
पुटिनले आफ्नो पाँचौँ कार्यकाल शुरू गरेसँगै यो परिवर्तन आएको हो। रुसी कानूनअनुसार क्रेमलिनमा पुटिनको शपथग्रहणपछि मंगलबार सम्पूर्ण मन्त्रिपरिषद्ले राजीनामा दिएका थिए। रक्षामन्त्रीका रूपमा बेलोसोभको उम्मेदवारी रुसको संसदको माथिल्लो सदन फेडरेसन काउन्सिलबाट अनुमोदन गर्नुपर्नेछ।
रुसले युक्रेनको क्रिमियन प्रायद्वीपमा आक्रमण गर्नुभन्दा दुई वर्षअघि शोइगुलाई सन् २०१२ मा रक्षामन्त्री नियुक्त गरेको थियो। शोइगुका डेपुटीहरू मध्ये एक, टिमुर इभानोभ, गत महिना घुसखोरीको आरोपमा पक्राउ परेका थिए र आधिकारिक अनुसन्धानको लागि हिरासतमा रहन आदेश दिइएको थियो। यस गिरफ्तारीलाई शोइगुमाथि आक्रमण र पुटिनसँगको घनिष्ठ सम्बन्धको बाबजुद उनको बर्खास्तगीको सम्भावित अग्रदूतको रूपमा व्याख्या गरिएको थियो।
युक्रेनसँग चलिरहेको युद्धमा शोइगुको महत्त्वपूर्ण भूमिका रहेको छ। शोइगुलाई पुटिनको नजिक मानिन्छ र कुनै सैन्य अनुभवबिना रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो। शोइगु पेशाले सिभिल इन्जिनियर हुन्। उनी सन् १९९० मा आपतकालीन र विपद् राहत मन्त्रालयको प्रमुख निर्वाचित भएका थिए।
युक्रेनमा युद्धको विरोध गर्ने धेरै उम्मेदवारहरूलाई केन्द्रीय निर्वाचन आयोगले चुनाव लड्नबाट रोक लगाएको थियो। यसरी पुटिनले मार्चको चुनावमा ८७ प्रतिशत मत प्राप्त गरेर विजयी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
