पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसक्ने भन्दै उनले सोमबार बिहान प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसक्ने भन्दै उनले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई राजीनामा पत्र बुझाएका हुन्।
“वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,” राजीनामा पत्रमा भनिएको छ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादव विगत दुई महिनादेखि दाहाल नेतृत्वको सरकारमा थिए। उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका छन्। उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्।
योसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको छ। यद्यपि जसपाले सरकारबाट बाहिरिएको औपचारिक निर्णय भने गरिसकेको छैन। त्यसका लागि कार्यकारिणी समिति बैठक बसिराखेको र बैठकपछि निर्णय सुनाइने जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए।
जनता समाजवादी पार्टी नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधिसभा सांसद अलग्गिएर जनता समाजवादी पार्टी गठन गरेका थिए। जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र आइतबार बाहिरिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
