प्रहरीले अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले विभिन्न अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी उक्त कार्यमा संलग्न रहेको आरोपमा काभ्रे मण्डनदेउपुर–८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको र अन्य विभिन्न माध्यमबाट गरी दुई अर्ब १ करोड बढीको कारोबार गरेको खुल्न आएको छ।
१५ वटा वालेटहरू प्रयोग गरी पाँच करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको र बिनान्सबाट दुई खाता प्रयोग गरी २४३ प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गरेको र त्यसको हाल नेपाली मूल्य एक अर्ब ३४ करोड बराबर रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ढुंगानाले सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज चलाएर प्रचार गर्दै आएका थिए। उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस बैंकको चेकबु, एटीएम कार्ड र एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्ने गरेको पनि खुल्न आएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
