रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा दशतले आवासीय भवनमा भएको आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ।
रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा दशतले आवासीय भवनमा भएको आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ। रुसी समाचार एजेन्सी तासले रुसी आपत्कालीन मन्त्रालयको भनाइलाई उद्धृत जनाएअनुसार आइतबार भएको ‘युक्रेनी आक्रमण’ पछि भवन आंशिक रूपमा क्षतिग्रस्त भएको छ।
बेलगोरोड र यसका उपनगरहरूमा आइतबार युक्रेनी सशस्त्र बलले ठूलो गोलाबारी गरेको थियो। खसालिएको टोच्का–यू सामरिक मिसाइलका टुक्राहरूले आवासीय भवनलाई क्षति पुर्याउँदा भवनको एउटा भाग ढलेको स्रोतको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ।
भवनमा खोजी र उद्धार कार्य सम्पन्न भएको रुसी आपत्कालीन मन्त्रालयका प्रवक्ताले बताए। उनका अनुसार १७ जनाको भग्नावशेषबाट उद्धार गरिएको थियो भने भग्नावशेषमुनिबाट १५ जनाको शव निकालिएको थियो।
यसअघि आपत्कालीन मन्त्रालयले दुई बच्चासहित १२ जनालाई घटनास्थलबाट उद्धार गरिएको बताएको थियो। बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा ठूलो प्वाल परेको भवन ढलेको देखाइएको छ।
युक्रेनी सेनाले गरेको ‘बृहत् बम विस्फोट’को निन्दा गर्दै उनले आवासीय भवनमा प्रत्यक्ष गोलाबारीपछि दशौँतलादेखि भुइँतलासम्मको सम्पूर्ण प्रवेशद्वार ढलेको बताए।
रुसी रक्षा मन्त्रालयले सामासिक सञ्जालमा भवनमा टोच्का–यू टीआरसी मिसाइलको टुक्रा खसेको बताएको थियो। बेलगोरोड क्षेत्रमा हवाई सुरक्षाले धेरै रकेट खसालेको र दुई वटा ड्रोन छुट्टै घटनामा नष्ट भएको पनि अल जजिराले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
