कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।
काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकमा कार्कीले पेश गरेको विश्वासको मतको पक्षमा ५७ मत प्राप्त भयो। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो।
कार्कीको विश्वासको मतको पक्षमा नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका तीन, जसपाका एक जना गरी ५७ जना सांसदले मत दिएका हुन्। कुल ९३ सदस्यीय प्रदेशसभामा सोमबार ६२ सांसद उपस्थित थिए।
सोमबारको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो। सरकार गठनको प्रक्रिया असंवैधानिक रहेको ठहर गर्दै कांग्रेसले विरोध गर्दै आएको छ। कार्कीविरुद्ध कांग्रेसका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। रिट निवेदन अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। रिटमाथि आगामी पेसी जेठ ९ गतेलाई तोकिएको छ।
नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका कार्कीलाई वैशाख २७ गते प्रदेशप्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए। कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए।
मुख्यमन्त्रीको भूमिकामा उनको यो तेस्रो कार्यकाल हो। २०७९ पुस २४ मा उनी माओवादी, जसपा, राप्रपा र जसपाको समर्थनमा पहिलो पटक मुख्यमन्त्री बनेका थिए । सर्वोच्च अदालतको आदेशमार्फत उनी दोस्रो पटक २०८० भदौ २२ मा मुख्यमन्त्री बनेका थिए। कार्की प्रदेशसभा सदस्यमा झापा ५ (१) बाट निर्वाचित भएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
