सोमबार विभिन्न ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ।
९५ लाख ४१ हजार १७ कित्ता शेयर तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। शेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ। आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार बन्द हुँदा ७८ लाख ५७ हजार ३१ कित्ता शेयर तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो।
१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। वाणिज्य बैंक उपसमूह ३.२१ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ।
१४८ कम्पनीको शेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। ८५ कम्पनीको घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो। उक्त पुनर्बीमा कम्पनीको ३० करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सीईबीडी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली विकास बैंकको ९ करोड ३३ लाख, पोखरा फाइनान्स ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरलगायतका तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सिर्जनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
