जसपा, नेपाल अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको पार्टीको दर्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीको दर्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। उनले वारेसमार्फत सोमबार निर्वाचन आयोग, अशोक राईलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइको पेसी बुधबारका लागि तोकिएको छ।
उनले रिट निवेदनमा विपक्षीहरूले आयोगसमक्ष दल दर्ताका लागि कायम नै नरहेको कानूनलाई अनुसरण गरी निवेदन दिएको उल्लेख गरेका छन्। यस्तो अवस्थामा छुट्टै दल दर्ता गर्न इन्कार गर्नुपर्नेमा दल दर्तासम्बन्धी विद्यमान कानूनी प्रावधानहरू विपरीत नयाँ दल दर्ता गर्ने आयोगको निर्णय गम्भीर कानूनी त्रुटियुक्त रहेको उनको दाबी छ।
जसपामा गएका सांसदको पद निलम्बन गर्न, कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नदिन र दलको नाम, झन्डा, छाप प्रयोगमा समेत रोक लगाउन माग गरेका छन्। जसपाको राजनीतिक गतिविधिलाई यथास्थितिमा राख्न अन्तरिम आदेशसँगै रिटलाई अग्राधिकार दिनुपर्ने पनि उनको माग छ। जसपा, नेपाल अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सो पार्टीबाट फुटेर राईको नेतृत्वमा जसपा पार्टी दर्ता भएको थियो।
साथै, जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनेको छ। जसपा अध्यक्ष यादवले सोमबार सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताएका छन्। उनले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसद्मा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्वाह गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
