यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायांकन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा: अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन्।
काठमाडौँ– कान्स फिल्म फेस्टिभलको ७७औँ शृंखलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन्।
कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी मंगलबार बिहान २ः१५ बजेको विमानबाट फेस्टिभलका लागि प्रस्थान गरेका हुन्। प्रमुख शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।
कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन्। कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, “फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो। फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ।”
प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा पनि सहभागी हुनेछन्। यस्तै, अडियो भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनसमेत गर्ने कार्यक्रम छ। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ।
यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायांकन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा: अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन्। यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ।
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी शहर काठमाडौँलाई ‘फिल्मको रचनात्मक शहर’को रूपमा २०८० कात्तिकमा सूचीकृत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
