एमालेले सुनसरी-४ मा अवरुद्ध मतगणना तत्काल पुनः शुरू नगरिए सडक संघर्ष थाल्ने चेतावनी दिएको छ।
काठमाडौँ- सुनसरी-४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ।
सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मतगणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन्।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उम्मेदवार कुसियैतले मतगणनामा आलटाल भइरहेको र कानूनसंगत मतगणना गर्न आग्रह गरे। उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरीत विषय उठान गरी मतगणना अवरुद्ध पारेको आरोपसमेत लगाए। उनले मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए।
कुसियैतले भने, “गणनामा आलटाल भइरहेको छ। एमाले कानूनसंगत अघि बढ्न चाहन्छ। तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सञ्चालन होस्। सञ्चारमन्त्री आफैँ हुनुहुन्छ, सरकारका प्रवक्ता र सरकारमा आफैँ हुनुहुन्छ, मलाई न्याय चाहियो रे? कस्तो खालको न्याय हो।”
सुनसरी ४ को प्रतिनिधिसभातर्फको मतगणनामा कांग्रेसले धाँधलीको आरोप लगाएको छ। सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको मागसहित उजुरी हालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
