काठमाडौँ महानगरले सडकको दुवैतर्फ फाल्चा शैलीको बस बिसौनी निर्माण गरेको छ। बानेश्वरबाट बबरमहलतर्फ जाने सडक खण्डमा रहेको बिसौनी मंगलबार सञ्चालनमा आएको छ।
काठमाडौँ– काठमाडौँको बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ।
महानगरले ६२ लाख रुपैयाँ लागतमा फाल्चा शैलीका दुई वटा बस बिसौनी निर्माण गरेको हो।
फाल्चा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बनाइएको छ। बस्नका लागि काठकै मेच राखिएका छन्। उक्त बिसौनीको मंगलबार महानगर–१० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गरे। “बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो। जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन,” उद्घाटन गर्दै उनले भने, “परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएका छौँ। राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचना आन्दोलनको मारमा नपरुन्।’
फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयबासीले पनि निगरानी गर्नेछन्। अन्य स्थानमा पनि यस्तो बस बिसौनी निर्माण गर्ने लक्ष्य महानगरको छ। सार्वजनिक सम्पत्तिको संरक्षण आफूहरूको जिम्मेवारी भएकाले यस्ता सम्पत्तिको दुरुपयोग हुन नदिने महानगर प्रहरी बल पूर्वक्षेत्रका प्रमुख नगर प्रहरी उपरीक्षक दिनेशराज अर्यालले बताए।
वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्। बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको मंगलबार सञ्चालनमा आएको छ। बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिना सञ्चालनमा आउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
