कैलालीको चुरे गाउँपालिका–५ लिसवेलीका किसानले निजी तथा सामुदायिक पोखरीबाट सिँचाइ गर्दै आएका छन्। यहाँका किसान अन्नबालीभन्दा सागसब्जीको खेती धेरै गर्छन्।
टीकापुर– कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा संकलन गरेर खतीपातीमा जुटेका छन्। हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन्।
लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन्। गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन्। यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा संकलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएको किसान खेमराज सापकोटाले बताए।
यहाँका किसानले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन्। “खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी संकलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,” उनले भने। यहाँका किसान वर्षात्को दुई महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन्।
खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताए। किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन्। वर्षाको पानी संकलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
