इन्धन स्टेसन छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियो।
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन्।
आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन्। उक्त घटना आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो। सामाजिक सञ्जालमा साभार गरिएका श्रव्यदृश्य सामग्रीमा हावाहुरीबाट बच्न ठूलो विज्ञापन बोर्डको मुनि धेरै कार तथा अन्य सवारी साधनमा मानिस आश्रय लिइरहेको देखाइएको छ।
इन्धन स्टेसन छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियो। पीडितहरू आँधी र वर्षाको बिचमा इन्धन स्टेसनमा शरण लिइरहेको अवस्थामा उक्त दुर्घटना हुँदा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको स्रोतले जनाएको छ।
स्थानीय प्रहरी र अग्नि नियन्त्रक विभागका कर्मचारीहरूले विज्ञापन बोर्डको मुनिबाट मानिसको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए।
पछिल्लो रिपोर्टका अनुसार मुम्बई पुलिसले अवैध रूपमा जडान गरिएको विज्ञापन बोर्डको मालिकविरुद्ध आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
