राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग नगर्ने भन्दै चेम्बर अफ कमर्शले सो व्यवस्थाविरुद्ध असन्तुष्टि जनाएको छ।
काठमाडौँ- राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने भन्दै चेम्बर अफ कमर्शले असन्तुष्टि जनाएको छ।
चेम्बरले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन नसक्ने जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिए पनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको समीक्षामार्फत सम्बोधन हुने अपेक्षा थियो, राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्दैन।”
मौद्रिक नीति सम्बन्धमा राष्ट्र बैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रवाहित हुने चेम्बरले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशतसम्म मात्रै कायम गर्न पनि चेम्बरले केन्द्रीय बैंकलाई आग्रह गरेको छ ।
यस्तै सीडी रेसियोलाई ९० प्रतिशतको स्थानमा विगतका वर्षहरूमा झैँ सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्न वा सीडी रेसियोलाई ९५ प्रतिशत गर्नपनि कमर्शले आग्रह गरेको छ।
यस्तै विदेशी विनिमय सञ्चितिमा सुधार आएकोले केही वस्तुहरूको आयातमा एलसी खोल्दा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्थासमेत हटाई सहजीकरण गर्न समेत चेम्बरको आग्रह छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
