युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
काठमाडौँ– सरकारले आगामी वर्ष विभिन्न क्षेत्रमा एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले युवा जनशक्तिको क्षमता अभिवृद्धि गरिने बताएका हुन्।
“विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान् युवालाई फेलोसिप उपलब्ध गराउने व्यवस्था मिलाइने छ। युवालाई फेलोसिप प्रदान गराउन निजी क्षेत्रलाई परिचालन गरिने छ,” राष्ट्रपति पौडेलले भने।
यस्तै, युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा एक हजार युवालाई स्टार्टअपका आधारित व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने भएको छ। सरकारले नीति तथा कार्यक्रममार्फत नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्द्धनका लागि एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने घोषणा गरेको हो।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सीमान्तकृत समुदायको उद्यमशीलता विकास गर्नेसमेत उनले बताए।
आगामी आर्थिक वर्षमा एक हजार लघु घरेलु उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गरिने सरकारले नीति लिएको राष्ट्रपति पौडेलले जानकारी गराए।
नीति तथा कार्यक्रमको पूर्णपाठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
