सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मंगोलियन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ।
मौसम अनुकूलताबीच वैशाख ३१ गते बिहान ८ः४५ बजे दुवै आरोही सगरमाथाको चौथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ।
आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोहीको हराएका सम्भावित माथिल्ला शिविरमा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति (खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमबाट जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
