प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। कांग्रेसको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अर्को बैठक जेठ ३ गते बिहीबार अपराह्न १:१५ बजे बस्ने गरी मंगलबारका लागि निर्धारित बैठक स्थगित गरेका हुन्।
मंगलबारको बैठकमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो। कांग्रेसको अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रस्तुत हुन सकेन।
अध्यक्ष दाहालले बैठकको कारबाही प्रारम्भ भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरूले कुर्चीबाट उठेर विरोध जनाएका थिए। त्यसपछि अध्यक्ष दाहालले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूचीमा रहेकाले यसलाई अगाडि बढाउन आग्रह गरेका थिए।
कांग्रेसका सांसदले सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म कामकारबाही अगाडि बढाउने नदिने बताएका छन्। कांग्रेसले सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राख्दै संसद्मा अवरोध गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
