पोखरा महानगरपालिकामा सञ्चालन हुने ‘रिसाइक्लिङ एन्ड क्रियट ग्रीन जब’ परियोजनाका लागि मंगलबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडाैँ– पोखरामा हरित रोजगारी सिर्जना गर्न दक्षिण कोरियाले नेपाललाई झन्डै एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।
पोखरा महानगरपालिकामा सञ्चालन हुने ‘रिसाइक्लिङ एन्ड क्रियट ग्रीन जब’ परियोजनाका लागि दुई पक्षबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ। नेपालका लागि गणतन्त्र कोरियाका राजदूत ताइयोङ पार्क र परराष्ट्र मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उक्त समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन्।
यस परियोजनाका लागि कोरियाली सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ९.८ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने समझदारी पत्रमा उल्लेख छ। कोइकाले यूएनडीपी र पोखरा महानगरपालिकासँगको सहकार्यमा उक्त परियोजना सम्पन्न गर्ने छ।
यस परियोजनाको प्राथमिक उद्देश्य हरित आर्थिक अभ्यासका लागि दिगो पुनः प्रसोधन तथा पुन: चक्रण (रिसाइकिलङ एन्ड अपसाइक्लिङ) उद्यमहरू सिर्जना गर्नु हो।
यस परियोजनाले एक 'ग्रीन भेन्चर जोन' स्थापना गर्नेछ, जुन पुनः प्रसोधन, आविष्कार र स्टार्टअपहरू बुझ्नको लागि अत्याधुनिक केन्द्रका रूपमा स्थापित हुने कोइकाको दाबी छ। यस्तै, त्यहाँ वातावरणीय विषयवस्तुसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्न ठूलो प्रदर्शनी हल पनि रहनेछ।
परियोजनाले फोहोर व्यवस्थापन सम्बन्धी व्यावहारिक परिवर्तनहरूलाई सहज बनाउने उद्देश्यका साथ पुनः प्रसोधन तथा पुन: चक्रण उद्यमहरूमा केन्द्रित कार्यक्रमहरू सिर्जना गर्ने बताइएको छ।
सचिव मरासिनीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीको लागि गणतन्त्र कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे। उनले यस आयोजनालाई सफल कार्यान्वयनका लागि पूर्ण रूपमा सहयोग गर्ने आश्वासन समेत दिए।
त्यसैगरी, राजदूत पार्कले यस परियोजनाले कसरी बेरोजगार व्यक्तिहरूलाई आफ्नो सीपको सदुपयोग गर्न, हरित उद्यम स्थापना गर्न र देशको आर्थिक वृद्धिमा योगदान पुर्याउन सक्ने भन्नेमा जोड दिँदै यस पहलबाट प्राप्त हुने अवसरबारे बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
