प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नसमेटिएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट मंगलबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा ठूलो अन्तर रहेको टिप्पणी गरे। “सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ। त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा रतिभर विश्वास छैन,” उनले भने।
सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नआएको जनाए। “यो परम्परागत छ। यसमा नयाँ उत्साह छैन। महत्त्वपूर्ण कुरा छुटेका छन्। विश्वव्यापी आर्थिक संकटबाट परेको मारबाट मुलुकलाई माथि उठाउने ठोस नीति छैन। जनचासोका रूपमा रहेको सहकारी ठगीका कुरा पनि आएन,” नेता कार्कीले भने।
‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै आयो : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममा ‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै सीमित रहेको जिकिर गर्दै रोजगारी दिने र कृषि प्रविधिलाई प्राथमिकता दिने नीति नभएको प्रतिक्रिया दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
