मध्यस्तकर्ता कतारले इजरायलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको बताएको छ।
कतारले मंगलबार इजरायलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’मा पुगेको बताएको छ।
“विशेष रूपमा पछिल्ला केही सातामा हामीले केही गति देखेका थियौँ, दुर्भाग्यवश त्यो विषय सही दिशामा बढेन र अहिले हामी लगभग गतिरोधको अवस्थामा छौँ,” प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीले कतार आर्थिक मञ्चमा भने, “निःसन्देह रफाहमा जे भएको छ त्यसले हामीलाई पछाडि धकेलेको छ।”
सन् २०१२ मा दोहामा हमासको राजनीतिक कार्यालयलाई आतिथ्यता प्रदान गरेको कतार, इजिप्ट र अमेरिका मिलेर इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच महिनौँदेखि पर्दा पछाडिबाट वार्ताका लागि मध्यस्थता गरिरहेका छन्।
“युद्ध रोक्नेबारे इजरायली पक्षको स्पष्ट धारणा छैन, हामीले सम्झौताका बारेमा कुरा गरिरहँदा र सम्भावित युद्धविरामतर्फ अगाडि बढिरहँदा पनि उनीहरूले यसलाई विकल्पका रूपमा विचार गरिरहेका छन् भन्ने मलाई लाग्दैन,” शेख मोहम्मदले भने, “इजरायली राजनीतिज्ञहरूले युद्ध जारी राख्ने संकेत दिइरहेका छन्, यसपछि गाजा कस्तो हुनेछ भन्नेबारे कुनै स्पष्टता छैन।”
विस्थापित प्यालेस्टिनीले भरिएको दक्षिणी गाजा शहर रफाहमा पूर्ण स्तरको आक्रमणविरुद्ध अमेरिकाले चेतावनी दिएको छ। त्यसका बाबजुद इजरायलले सोमबार रफाहमा हमाससँगको लडाइँ जारी राखेको छ।
मे ९ देखि इजरायलले रफाहमा घुसपैठ गरी मुख्य सहायता ‘क्रसिङ’ बन्द गरेको छ। त्यसपछि गाजाका जनतासम्म मानवीय सहायता पुग्न नसकेको अर्को पत्रकार सम्मेलनमा कतारका विदेश मन्त्रालयका प्रवक्ताले बताए। “गाजापट्टीमा मे ९ देखि सहायता पुग्न सकेको छैन। यो गाजापट्टीमा मानवीय विपत्तिको निरन्तरताको संकेत हो,” प्रवक्ता माजिद अल–अन्सारीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
