पौडी खेल्ने क्रममा बबईमा डुबेर दाजुभाइको मृत्यु

दुवै जना केही दिनअघि मात्रै नेपाल आएका थिए। उनीहरूका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका छन्। 

तुलसीपुर– दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ। 

बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर मंगलबार साँझ १८ वर्षीय दीपक र १६ वर्षीय दीपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ थापाले बताए। 

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दीपेशको घटनास्थलमै मृत्यु भएको उनले बताए। 

दुवै जना केही दिनअघि मात्रै नेपाल आएका थिए। उनीहरूका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका छन्।