तीव्ररूपमा भइरहेको जनसंख्या वृद्धिसँगै शहरहरू कुरूप बन्दै गएको बताउँदै मेयर सुनिल प्रजापतिले व्यवस्थित र प्रदूषणरहित शहर निर्माण गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धनीहरूको मात्रै बसोबास हुने खालको ‘स्मार्ट सिटी’ नेपालको लागि आवश्यक नभएको बताएका छन् ।
विश्व सहर दिवस २०७९ र विश्व सहरी योजना दिवस २०७९ पारेर सोमबार सहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा आयोजित गोष्ठीमा बोल्दै प्रजापतिले नेपालमा त्यस्तो शहर आवश्यक नभएको बताएका हुन्।
उनले तीव्ररूपमा भइरहेको जनसंख्या वृद्धिसँगै हाम्रा शहरहरू कुरूप र बस्न अयोग्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रदूषणरहित र व्यवस्थित शहर निर्माण आजको आवश्यकता रहेको बताए ।
“शहर भनेको धनी र गरिब सबैको लागि बस्न योग्य हुनुपर्छ,” उनले भने, “गरिबहरू विस्थापित हुनुपर्ने र धनीहरूको मात्रै बसोबास हुने खालको स्मार्ट सिटी नेपालको लागि आवश्यक छैन ।”
विदेशी लगानी भित्राएर कमिसन खान लालायित योजनाविद्हरू र प्राविधिकहरूले आधुनिकताको नाउँमा विकृतिहरू भित्र्याइ रहेको समेत उल्लेख गर्दै उनले नेपालमा मौलिक शैलीका घरहरू भएका छुट्टाछुट्टै शहरहरूको निर्माण गर्न सके पर्यटन क्षेत्र फस्टाउने समेत दाबी गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सुरेन्द्र लाभ कर्णले अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने देशमा अकस्मात् ६२ प्रतिशत जनता नगरपालिकामा पर्ने गरी नगर घोषणाको योजनाले राष्ट्रिय योजना आयोग आयोगलाई काम गर्न समस्या भएको बताए।
त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पीताम्बर शर्माले सहरी विकासमा स्थानीय प्रयास महत्त्वपूर्ण भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
