कोरोना महामारीको बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएकी छन्।
काठमाडौँ– कोरोना महामारीको बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएकी छन्।
माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन्। काठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएकी हुन्।
“एक जना पीडितले कसले बेचेको र कसरी श्रीलंका पुर्याएको नामसहित मुख खोल्नुभएको छ,” उनले भनिन्, “प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ।”
उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताइन्। जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ। त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन्, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले बताइन्। मंगलबार काठमाडौँको एक ‘स्पा’ बाट १४ जना किशोरी उद्धार गरिएको उनले जानकारी दिइन्।
खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो।
“विदेशमा बेचिन त छँदैछ, छोरीहरू देशभित्रै बेचिएका छन्,” उनले भनिन्, “कसरी रोक्ने हो, चिन्ताजनक स्थिति छ। न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
