न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा मंगलबारदेखि चलिरहेको मुद्दामा आज सुनुवाइ भएको हो।
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा मंगलबारदेखि चलिरहेको मुद्दामा आज सुनुवाइ भएको हो।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै उच्च अदालतले सन्दीपलाई सफाइ दिने फैसला गरेको प्रवक्ता तीर्थराज भट्टराईले बताए। सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, रमण श्रेष्ठ, शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटा लगायतले बहस गरेका थिए।
पीडित ‘गौशाला २६’ ले २०७९ भदौ २१ गते काठमाडौँको गौशाला प्रहरी कार्यालयमा लामिछाने विरुद्ध उजुरी दिएकी थिइन्। बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले गत पुसमा ८ वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिबाना सुनाएको थियो। सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर थियो।
त्यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेशसमेत गरेको थियो। तर जिल्ला अदालतले दोषी ठहर गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो।
जिल्ला अदालतको उक्त फैसलापछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
