एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
काठमाडौँ– एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीले हालै गरेको अनुसन्धानमा ती गिरोहले दुबई र कुवेतका कार्यालयमा एजेन्ट राखेर नेपालीहरुलाई भिजिट भिसामा दुबई पुर्याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पुर्याएर बेचबिखन गर्ने गरेको पाइएको हो।
आरोपीहरू राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारका नाममा जन्ममिति र ठेगाना फरक बनाई दुई वटा नागरिकता लिएर मानव तस्करी गर्ने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
उनीसहितका गिरोहले महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पर्याउने र बेचबिखन गर्ने गरेको खुल्न आएको उनले बताए। महिलालाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्याएर घरेलु कामदारका रूपमा लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ। पीडितका एक आफन्तले कार्यालयमा दिएको निवेदनका आधारमा कुवेतस्थित नेपाली दूतावासमार्फत एक पीडित महिलाको यही वैशाख २७ गते उद्धार गरेको थियो। प्रारम्भिक चरणको अनुसन्धानपछि आज बुधबार प्रहरीले घटनाबारे सार्वजनिक गरेको हो।
उक्त घटनामा नेपाल सरकारबाट निषेधित गरिएको क्षेत्रमा समेत महिलालाई लगी अलपत्र पारी बन्धक बनाउने व्यक्तिउपर अनुसन्धान गर्दा मानव तस्करीसमेतका कार्यमा संलग्न रहेको खुलेपछि गत वैशाख ३१ गते दुई जनालाई पक्राउ गरिएको थियो।
पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको बौद्ध बस्ने राकेश सुनार भन्ने २४ वर्षका गोपाल सुनार र गोरखा घर भई काठमाडौँ बस्ने आयुस भन्ने आकाशबाबु विक छन्। पीडितले स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र एक लाख ५० हजार रुपैयाँ माग्नुका साथै ज्यान लिने धम्की दिएको खुल्न आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
