प्रधानमन्त्री फिकोको पार्टीको वेबसाइटमा पोस्ट गरिएको एक बयानमा आक्रमणलाई ‘हत्याको प्रयास’ भनिएको छ।
मध्य–युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। बन्धुकधारीले उनलाई धेरै पटक गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार उक्त घटनापछि प्रधानमन्त्री फिकोलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएकोमा अवस्था चिन्ताजनक भन्दै त्यहाँबाट हेलिकप्टरमा बान्स्का बाइस्ट्रिकाको प्रमुख ट्रमा सेन्टरमा लगिएको छ।
मध्य स्लोभाक शहर ह्यान्डलोभामा आयोजित सरकारी बैठकपछि बुधबार दिउँसो गोलीबारी भएको थियो। ती संदिग्ध बन्दुकधारी बैठक भएको सांस्कृतिक केन्द्रबाहिरको सडकमा प्रधानमन्त्रीलाई अभिवादन गर्न पर्खिरहेका मानिसहरूको भीडमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
फिकोको आधिकारिक फेसबुक पेज र उनको पार्टीको वेबसाइटमा पोस्ट गरिएको एक बयानमा आक्रमणलाई ‘हत्याको प्रयास’ भनिएको छ। ‘उनी धेरै पटक गोली हानिएको थियो र हाल अवस्था चिन्ताजनक छ। अर्को केही घण्टा उनको जीवनको लागि निर्णायक हुनेछ,’ विज्ञप्तिमा भनिएको छ। संदिग्ध केही व्यक्तिलाई पक्राउ गरिएको छ।
स्लोभाकका श्रम मन्त्री एरिक टोमासका अनुसार आक्रमणमा अरु कोही पनि घाइते भएका छैनन्। स्लोभाकियाकी राष्ट्रपति जुजाना चापुटोभाले यस ‘क्रूर आक्रमण’बाट आफू स्तब्ध भएको बताएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
